नेपाली फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैदानमा उतार्ने जर्मन प्रशिक्षक रुडीको निधन « Khabarhub

नेपाली फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैदानमा उतार्ने जर्मन प्रशिक्षक रुडीको निधन


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय खेल समुदायमा परिचय दिलाउन मद्दत गरेका जर्मन प्रशिक्षक रुडी गुडेन्डर्फको निधन भएको छ । ९३ बर्षको उमेरमा रुडीको निधन भएको बीबीसीले जनाएको छ ।

रुडीले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेर दुई पटक काम गरेका थिए । १९८२ मा भारतमा भएको एसियाली खेलकुद प्रतियोगिता र सन् १९८६ को एसिया कप छनोटका क्रममा उनी नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

रुडी विश्व कीर्तिमानधारी प्रशिक्षक हुन् । उनले ५ महादेशका ३२ देशका ५५ टिमलाई प्रशिक्षण दिएका थिए । रुडीले घरेलु टोली जर्मनको मुख्य प्रशिक्षकसहित अस्ट्रेलिया, ईरान र चीनको समेत राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।

५५ टिमलाई प्रशिक्षण दिएका उनले प्रशिक्षकको जिम्मेवारीमा ५० बर्ष विताएका थिए । बिश्राम रहित काम गर्ने रुडीले स्वीस टोली ब्लु स्टार जुरिचलाई सन् १९५० मा प्रशिक्षण दिएका थिए । उनले प्रशिक्षकको रुपमा अन्तिम काम सन् २००३ मा समोआमा गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ०१ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज