नेपाली फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैदानमा उतार्ने जर्मन प्रशिक्षक रुडीको निधन « Khabarhub

नेपाली फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैदानमा उतार्ने जर्मन प्रशिक्षक रुडीको निधन


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय खेल समुदायमा परिचय दिलाउन मद्दत गरेका जर्मन प्रशिक्षक रुडी गुडेन्डर्फको निधन भएको छ । ९३ बर्षको उमेरमा रुडीको निधन भएको बीबीसीले जनाएको छ ।

रुडीले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेर दुई पटक काम गरेका थिए । १९८२ मा भारतमा भएको एसियाली खेलकुद प्रतियोगिता र सन् १९८६ को एसिया कप छनोटका क्रममा उनी नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

रुडी विश्व कीर्तिमानधारी प्रशिक्षक हुन् । उनले ५ महादेशका ३२ देशका ५५ टिमलाई प्रशिक्षण दिएका थिए । रुडीले घरेलु टोली जर्मनको मुख्य प्रशिक्षकसहित अस्ट्रेलिया, ईरान र चीनको समेत राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।

५५ टिमलाई प्रशिक्षण दिएका उनले प्रशिक्षकको जिम्मेवारीमा ५० बर्ष विताएका थिए । बिश्राम रहित काम गर्ने रुडीले स्वीस टोली ब्लु स्टार जुरिचलाई सन् १९५० मा प्रशिक्षण दिएका थिए । उनले प्रशिक्षकको रुपमा अन्तिम काम सन् २००३ मा समोआमा गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ०१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष