रवि लामिछानेमाथि ज्यादति भएको भन्दै रास्वपाका नेता मानव अधिकार आयोग जाँदै « Khabarhub

रवि लामिछानेमाथि ज्यादति भएको भन्दै रास्वपाका नेता मानव अधिकार आयोग जाँदै


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ गैरकानुनी भएको भन्दै दलका नेताहरू मानव अधिकार आयोग जाने भएका छन् ।

सभापति लामिछानेको पक्राउ गैरकानुनी हो र पक्राउ गर्दा प्रहरी ज्यादती भएको रास्वपाको निष्कर्ष छ । रास्वपा नेताहरू बुधबार बिहान साढे ११ बजे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पुल्चोक जाने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउपछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो ।

गत शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार बिहान जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई सोमबार भैरहवा कारागार चलान गरिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ४५ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र