रवि लामिछानेमाथि ज्यादति भएको भन्दै रास्वपाका नेता मानव अधिकार आयोग जाँदै | Khabarhub Khabarhub

रवि लामिछानेमाथि ज्यादति भएको भन्दै रास्वपाका नेता मानव अधिकार आयोग जाँदै


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ गैरकानुनी भएको भन्दै दलका नेताहरू मानव अधिकार आयोग जाने भएका छन् ।

सभापति लामिछानेको पक्राउ गैरकानुनी हो र पक्राउ गर्दा प्रहरी ज्यादती भएको रास्वपाको निष्कर्ष छ । रास्वपा नेताहरू बुधबार बिहान साढे ११ बजे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पुल्चोक जाने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउपछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो ।

गत शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार बिहान जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई सोमबार भैरहवा कारागार चलान गरिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ४५ बजे

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

काठमाडौं – कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौं – नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी सदस्यले धारणा राख्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

म्याग्दीको धार्मिक पर्यटकीयस्थल तीनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा