किर्ते धन्दा र लागुऔषध कारोबार गर्ने दुई दाजुभाइ पक्राउ « Khabarhub

किर्ते धन्दा र लागुऔषध कारोबार गर्ने दुई दाजुभाइ पक्राउ


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रहरीले काठमाडौंको बेशीगाउँबाट किर्ते छाप र लागुऔषध कारोबार गरेको आरोपमा दुई दाजुभाईलाइ पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोप्य सूचनाका आधारमा नक्कली छाप र लागुऔषध कारोबार गर्ने दाजुभाईलाइ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन मगर र सुरेश मगर छन् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नरेन्द्र चन्दका अनुसार, दुईदाजुभाई मिलेर लागुऔषध कारोबारी भन्ने थाहा पाएपछि प्रहरीले मगरको कोठामा छापा मारेको थियो ।

उनीहरुको साथबाट १६ थान फेनारागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उनिहरुका साथबाट विभिन्न सरकारी कार्यालय तथा विभिन्न संघ संस्थाका १ सय ८९ थान छाप समेत बरामद गरेको प्रहरीले जनाएको छ । दाइ सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौँ चुच्चेपाटीस्थित टावी इन्टरनेशनल कन्सल्टेन्सी भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए ।

लगत्तै प्रहरीले कन्सल्टेन्सीमा समेत छापा मारी विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेला पारेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ३ : ३८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग