आज २०८१ साल चैत २८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत २८ गते बिहीबारको राशिफल


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २८ गते बिहीबार चैत शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अप्रिल १० तारिख। भद्रकाली रथयात्रा आरम्भ एवम् महावीर जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : बौद्धिक क्षेत्रमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ। धेरै नबोल्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। अप्रिय शब्द सुन्नाले खानपानमा अरुची बढ्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : व्यापारमा अगाडि बढ्ने दिन छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तबाट सचेत बन्नुपर्ने समय आएको छ। परिवारको साथमा छोटो दूरीको रमाइलो यात्रा हुनेछ।

सिंह : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यपारमा सहभागी भए कम्पनी फाइदामा जानेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ।

कन्या : लगानीका क्षेत्रमा घाटा हुनेछ। मन अशान्त बन्नेछ। नयाँ लगानी नगर्नु उचित हुनेछ। परिवारमा ठुलालाई सम्मान गरेर अगाडि बढे फााइदा हुनेछ।

तुला : बौद्धिक व्यक्तिसँग तर्क नगर्नु उचित हुनेछ। शिक्षामा गहन अध्ययनको खाँचो देखिन्छ। राज्यका हरेक अंगमा तपाईंको आवश्ष्यकता देखिन्छ। मिहिनेतलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

वृश्चिक : भाग्यको स्थानमा चन्द्रमा पुगेको छ। राम्रो काममा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा बौद्धिक टकराब हुनेछ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। परिवारका सदस्यबाट विरोधी आवाज सुनिने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अन्त्य साढेसातीको दशा चल्नेछ। साना कुराले मन अशान्त बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको दानले फाइएदा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ। स्वास्थ्य सम्बन्धी गढबढी हुने जोखिम छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारसँगको सहकार्यले मन शान्त बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

मीन : हरेक कुरामा आलस्य बढ्नेछ। पठनपाठनमा अल्छीपनले धोका दिनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। गणेशको सम्झना गरेर दिनको सुरुवात गर्नुपर्ने समय छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : ०१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच