लुम्बिनी कप महिला फुटबल वैशाख ५ देखि, आठ समूहले खेल्ने « Khabarhub

लुम्बिनी कप महिला फुटबल वैशाख ५ देखि, आठ समूहले खेल्ने


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बाँके– लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि नेपालगञ्जमा सुरु हुने भएको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ समूहको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

उनका अनुसार प्रतियोगितामा घरेलु टिम बाँके- ११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घ समूहले प्रतिस्पर्धा गर्नेछन्।

बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले दुई लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने अन्तरालका कार्यकारी निर्देशक शाहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता हेर्नका लागि ‘सिजनल फुल प्याकेज’  एक हजार ५०० र विद्यार्थीका लागि सहुलियतमा टिकट व्यवस्था गरिएको छ । खेल हेर्नका लागि प्यारापिटअनुसार टिकटको व्यवस्था गरिएको छ ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए ।

प्रतियोगिता बाँकेको नेपालगञ्ज रङ्गशालामा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ४९ बजे

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको