ट्रम्पको ट्यारिफ स्थगनको निर्णयपछि शेयर बजार चुलियो « Khabarhub

ट्रम्पको ट्यारिफ स्थगनको निर्णयपछि शेयर बजार चुलियो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा लगाएको ट्यारिफको निर्णयबाट फिर्ता हुने निर्णय गरेपछि त्यहाँको शेयर मार्केट चुलिएको छ । यो निर्णयबाट पछि हटे पनि परम्परागत १० प्रतिशत आयात कर भने यथावतै रहेको छ ।

धेरै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहेका कारण बुधबार रातिबाट लगाइने भनिएको ट्यारिफको निर्णय हालका लागि स्थगित भए पनि चीनबाट अमेरिका पुग्ने सामानमा लगाइएको करको दायरा भने १२५ प्रतिशत हुने भएको छ ।

ट्रम्पको स्थगनको निर्णयपछि एस एन्ड पीको शेयर मार्केट ९.५ प्रतिशतले बढेको छ । लगातार केही दिन ओरालो लागेको शेयर मार्केटमा एकै दिनमा यो दरको वृद्धि सन् २००८ पछि पहिलो पटक भएको हो ।

विशेषज्ञले अन्य देशसँगको सम्बन्ध कायम गर्दै ट्रम्प आफ्नो निर्णयबाट पछि हट्ने अपेक्षा गरेका छन् । तथापि चीनसँगको सम्बन्ध सुमधुर हुनका लागि भने समय लाग्न सक्ने जनाइएको छ ।

एकै दिनमा नाइकको शेयरमा ११ प्रतिशतले वृद्धि भएको छ भने एप्पलको शेयरमा १५ प्रतिशतले वृद्धि भएको छ । ट्रम्पले यो स्थगनको निर्णय गर्नु अघि राष्ट्रिय रिटेल फेडरेसनले अमेरिकामा २० प्रतिशत मात्र सामान भित्रने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ०७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी