बार्सिलोनाको सानदार जितमा राफिन्हाले गरे मेसीको कीर्तिमानसँग बराबरी « Khabarhub

बार्सिलोनाको सानदार जितमा राफिन्हाले गरे मेसीको कीर्तिमानसँग बराबरी


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राफिन्हाले लियानेल मेसीको एकै संस्करणको च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोलमा संलग्न हुने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । यो कीर्तिमानी बराबरीसँगै बुधबार राति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ ।

ब्राजिलियन स्टार राफिन्हाले एक गोल गर्नुका साथै दुई एसिस्ट गरे । उनी यस सिजन १९ गोलमा संलग्न भएका हुन् । सन् २०११-१२ को सिजनमा मेसी पनि १९ गोलमा संलग्न थिए ।

यस सिजनमा राफिन्हाले गरेको १२ गोलमा बार्सिलोनाले पहिलो हाफले अग्रता लिएको खेलमा दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले दुई गोल थपे। अन्त्यमा युवा स्टार लामिन यमालले गोल गरेपछि बार्सिलोनाको सेमिफाइनल सम्भावना प्रबल भएको हो ।

खेलको २५ औँ मिनेटमा पाउ कुबरासीको सहयोगमा पहिलो गोल गरेका राफन्हलो ४८ औँ मिनेटमा लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरेका थिए । १५ अप्रिलमा यी दुई टोलीबीच दोस्रो लेगका खेल हुनेछन् ।

JPG converted with https://ezgif.com/webp-to-jpg

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ३९ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक