बार्सिलोनाको सानदार जितमा राफिन्हाले गरे मेसीको कीर्तिमानसँग बराबरी « Khabarhub

बार्सिलोनाको सानदार जितमा राफिन्हाले गरे मेसीको कीर्तिमानसँग बराबरी


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राफिन्हाले लियानेल मेसीको एकै संस्करणको च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोलमा संलग्न हुने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । यो कीर्तिमानी बराबरीसँगै बुधबार राति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ ।

ब्राजिलियन स्टार राफिन्हाले एक गोल गर्नुका साथै दुई एसिस्ट गरे । उनी यस सिजन १९ गोलमा संलग्न भएका हुन् । सन् २०११-१२ को सिजनमा मेसी पनि १९ गोलमा संलग्न थिए ।

यस सिजनमा राफिन्हाले गरेको १२ गोलमा बार्सिलोनाले पहिलो हाफले अग्रता लिएको खेलमा दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले दुई गोल थपे। अन्त्यमा युवा स्टार लामिन यमालले गोल गरेपछि बार्सिलोनाको सेमिफाइनल सम्भावना प्रबल भएको हो ।

खेलको २५ औँ मिनेटमा पाउ कुबरासीको सहयोगमा पहिलो गोल गरेका राफन्हलो ४८ औँ मिनेटमा लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरेका थिए । १५ अप्रिलमा यी दुई टोलीबीच दोस्रो लेगका खेल हुनेछन् ।

JPG converted with https://ezgif.com/webp-to-jpg

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ३९ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको