च्याम्पियन्स लिग: पिएसजीको सेमिफाइनल सम्भावना बलियो « Khabarhub

च्याम्पियन्स लिग: पिएसजीको सेमिफाइनल सम्भावना बलियो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिएसजीले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।

बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा पिएसजीले अस्टन भिल्लालाई ३–१ ले हराएको हो।

३५ औँ मिनेटमा मोर्गन रेजर्सले गोल गर्दै पिएसजीलाई स्तब्ध पारेका थिए। तथापि त्यो अग्रता लामो समय टिक्न सकेन। डिजाइर डाउले २० यार्डबाट घुमाउरो प्रहार गर्दै टोलीलाई अग्रता दिलाए।

जर्जियाका विङ्गर केभिचा भाराट्सखेलियाले ४९ औँ मिनेटमा पिएसजीलाई अग्रता दिलाएका हुन्। इन्जुरी समयमा ननो मेन्डेसले अर्को गोल गर्दै भिल्लाका लागि दोस्रो लेगमार्फत कम ब्याक गर्ने सम्भावना कमजोर बनाएका हुन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ०४ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल