नेपाल क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने « Khabarhub

नेपाल क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) , अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधिसहितको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो ।

क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका प्रतिनिधि आइबार नेपाल आएका थिए ।

नेपाल आएका आईसीसी प्रतिनिधि इमरान ख्वाजा र अमर शेखसहतिको टोलीले क्यानको निर्वाचनका सन्दर्भमा सोमबार बिहान राखेपका सदस्य सचिव रमेश सिलवार र स्वतन्त्र कमिटीका कानूनी सल्लाहकार राजेश्वर श्रेष्ठसँग छलफल गरेको थियो ।

सोही छलफल पश्चात क्यानको केन्द्रीय निर्वाचन असोज १० र ११ गते स्वच्छ, निश्पक्ष र मर्यादित तरिकारले सम्पन्न गर्ने गरी सहमित जुटेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १ : ०५ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद