८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : गगन थापा « Khabarhub

८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : गगन थापा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।  

बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोस्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले पार्टीको महाधिवेशनका विषयमा कोही अलमलिनु नपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका हुन् । 

पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उनले बताए । थापाले महाधिवेशन लगतै विभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गरे। उनले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए । 

महामन्त्री थापाले नेपालको राजा कसैले पनि धोएर वा सफा गरेपनि संवैधानिक बनाउन नसक्ने स्पष्ट पारे ।   

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : २७ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि