काठमाडौंमा २ जना बालिकामाथि बसभित्रै बलात्कार « Khabarhub

काठमाडौंमा २ जना बालिकामाथि बसभित्रै बलात्कार


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको खुलेको छ ।

तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा बालिका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो ।

प्रहरीका अनुसार मनमैंजु चोकमा एक बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले ११ वर्षीय बालिकाको उद्दार गरेर अस्पताल भर्ना गरेको थियो ।

अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुल्न आयो । प्रहरीले बालिकासँगको सोधपुछका क्रममा बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको खुलेको हो ।

प्रहरीले बालिकामाथि बलात्कारको अभियोगमा बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ । उनले ११ वर्षीया बालिकाकी साथी अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १ : ३५ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको