आठ महिनामा ४.२ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप, गैर नाफामूलक संस्थाको बचतमा भने गिरावट « Khabarhub

आठ महिनामा ४.२ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप, गैर नाफामूलक संस्थाको बचतमा भने गिरावट


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा नेपालको बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंक देखि फाइनान्स कम्पनीमा ४.२ प्रतिशतले निक्षेपमा वृद्धि भएको हो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालको बैंक तथा वित्तीय क्षेत्रमा ६४ खर्ब ९४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन भएको थियो । फागुन मसान्तसम्म आइपुग्दा ती संस्थाको निक्षेपमा वृद्धि भएर ६७ खर्ब ६८ अर्ब २ करोड ५ लाख पुगेको हो ।

समीक्षा अवधिमा नेपालीले विदेशी मुद्रामा गर्ने बचत, स्थानीय तहले गर्ने बचत, गैर बैंकिङ वित्तीय संस्थाले गर्ने बचत, इन्स्योरेन्स कम्पनीले गर्ने बचत र व्यक्तिगत बचतमा वृद्धि भएको छ । तर, सो अवधिमा गैर आवासीय नेपालीले विदेशी मुद्रामा गर्ने बचत, कर्मचारी सञ्चय कोष, गैर नाफामूलक संस्था, अन्तर बैंकिङ बचत लगायतमा भने गिरावट आएको तथ्यांकले देखाएको छ ।

गत असार मसान्तसम्म नेपालीले विदेशी मुद्रामा ९४ अर्ब ५७ करोड २८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप गरेका थिए, फागुन मसान्तसम्म सो प्रकारको निक्षेपमा वृद्धि भएर १ खर्ब ३४ अर्ब ६७ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा व्यक्तिगत बचतमा भने ५.५ प्रतिशतले वृद्धि भएका राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रमा ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ निक्षेप रहेकोमा फागुन मसान्तसम्म त्यस्तो निक्षेप ४२ खर्ब ६२ अर्ब १७ करोड ९६ लाख पुगेको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि युएसआइडीका सबै कार्यक्रम बन्द भएका छन् । सो संस्थाले नेपालमा सञ्चालन गर्दै आएका सबै कार्यक्रम स्थगित हुँदा त्यसले नेपालको बैंक तथा वित्तीय क्षेत्रको निक्षेपमा पनि असर पारेको देखिएको छ ।

गचत आर्थिक वर्षको असार महिनामा गैर नाफामूलक संस्थाहरूको तर्फबाट बैंक तथा वित्तीय संस्थामा १ खर्ब ९८ अर्ब ५४ करोड २५ लाख रुपैयाँ निक्षेप रहेको थियो । तर, फागुन मसान्तसम्म आइपुग्दा ती संस्थाको निक्षेपमा १२ प्रतिशतले गिरावट आएर १ खर्ब ७४ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ३ : ०७ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला