आर्थिक कूटनीतिलाई अघि बढाएका छौँ : परराष्ट्रमन्त्री « Khabarhub

आर्थिक कूटनीतिलाई अघि बढाएका छौँ : परराष्ट्रमन्त्री


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखामार्फत काम सुरु गरेको बताएकी छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका अधिक सम्भावनाहरू रहेकाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गरिन् । 

विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।  

मन्त्री डा राणाले भनिन्, ‘हालसालै बैंककमा आयोजित बिमस्टेक सम्मेलन होस् या यसअघि प्रधानमन्त्रीज्यूको चीन भ्रमणका क्रममा होस् । नेपालको निजी क्षेत्रले त्यहाँका उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा म पनि सहभागी थिएँ । उहाँहरू नेपालमा लगानीका लागि इच्छुक रहेको मैले पाएँ । उहाँहरूलाई नेपालमा आकर्षित गर्न हामी सबै लाग्नुपर्दछ ।’

नेपालमा ऊर्जा, पर्यटन, पर्यटकीय पूर्वाधार निर्माण, सूचना प्रविधि आदि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी आकर्षित गर्ने काममा आफू कार्यरत रहेको र त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ र सहयोग आवश्यक रहेको उनले बताइन् ।  

मन्त्री डा राणाले नेपालमा वैदेशिक सहायता आउने क्रम घट्दो अवस्थामा रहेको देखिएकाले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन तथा समृद्ध नेपालको सपना साकार पार्न लगानीकर्ताहरूलाई उत्साहित गर्नुका साथै उद्यम व्यवसायको प्रवर्धनमा लाग्नुपर्ने अवस्था रहेको बताइन् ।

उनले निजी क्षेत्र बलियो भए मात्र मुलुक र सरकार बलियो हुने बताउँदै वर्तमान सरकार देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यको पक्षमा रहेको स्पष्ट गरिन् । 

मन्त्री डा राणाले भनिन्, ‘सबै नेपाली आर्थिक विकास र प्रगतिका आकांक्षी हौँ । ती आकांक्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्र हासिल गर्न सकिन्छ । त्यसैले सरकार निजी क्षेत्रसँगको सहकार्यको पक्षमा छ ।’

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ४ : ५४ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही