काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन | Khabarhub Khabarhub

काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो ।

करिब ३५ सय कर्मचारीसँगै महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र अन्य जनप्रनितिधिले समेत तलब पाएका छन् ।

महनगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार तलब भत्ताका नाममा ४१ करोड रुपैयाँ भुक्तनी भएको छ ।

‘महानगरमा मासिक रुपमा तलब भत्तासहितका लागि साढे १२ करोड रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरिन्छ’, काफ्लेले खबरहबसँग भने, ‘त्यसमा केही कर्मचारीको पोशाक भत्ता र अतिरिक्त भुक्तानीसहित तीन महिनाको ४१ करोड रुपैयाँ हाराहारी भुक्तानी भएको छ ।’

तीन महिना १४ दिनपछि गत चैत २१ गते बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरप्रहरीको अवरोध चिर्दै कार्यालय प्रवेश गराएका थिए ।

काठमाडौं टावरको नक्सा १२ तलाको मात्रै गर्नुपर्नेमा १९ तलाको पास गरेको भन्दै मेयर बोलनले गुरागाईंविरुद्ध छानबिन समिति बनाएका थिए ।

छानबिन हुन्जेल गुरागाईंलाई बालेनले कार्यालय प्रवेशमा रोक लगाएका थिए । बालेनको सचिवालयले गुरागाईंको कार्यकक्षमा तालासमेत लगाइदिएको थियो ।

गुरागाईंलाई चैत २१ गते महानगरका जनप्रतिनिधि र कर्मचारीले कार्यकक्षको तालासमेत फुटाएर प्रवेश गराएका थिए । गुरागाईंले महानगरमा हाजिर गरेसँगै कर्मचारीदेखि जनप्रतिनिधिले तलब-भत्ता बुझेका हुन् ।

महानगरमा गुरागाईंलाई प्रवेश गराउँदाको दिन बालेन भने काभ्रेको पाँचखालमा लस्सी खाँदै थिए । त्यसपछि पनि उनी कमलादीस्थित कार्यालयमा हाजिर हुन आएनन् ।

पाँचखालबाट कालिञ्चोक पुगेका उनी ९ दिनपछि बिहीबार मात्रै कार्यलयमा हाजिर हुन आए ।

तर बालेन कार्यालयमा फर्किएकै दिन कर्मचारीका संगठनले घेराउ गरेका छन् । बालेन कमलादीस्थित कार्यालयमा पुगेकै दिन उनका स्वकीय सचिव भुपदेव शाह र प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कारबाही मागसहित कर्मचारीका ७ संगठनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ज्ञापन पत्र नै बुझाएका छन् ।

बालेन ९ दिनपछि आएको विषयमा महागरका सहायक प्रवक्ता काफ्ले यसलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । जनप्रतिनिधिले कर्मचारीको जसरी दैनिक कार्यालय आइरहनुपर्ने बाध्यता नरहेको उनले बताए ।

मेयर बालेन ९ दिनपछि कार्यालय आएको पुष्टि गर्दै उनले बुधबार हिटीको अनुगमनमा गएको पनि खुलाए । कार्यालयमै नआए पनि त्यसलाई समेत महानगरकै कामका रुपमा लिनुपर्ने काफ्लेले बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ४९ बजे

काठमाडौंसहित देशका केही भूभागमा वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलः बलिङ युनिट जमेपछि आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख

सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित)

काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९