उदयदेव प्रिमियर लिगः पाटन भ्याली विजयी « Khabarhub

उदयदेव प्रिमियर लिगः पाटन भ्याली विजयी


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा बनारसी क्रिकेट क्लबमाथि छ विकेटको जित निकाल्दै भ्याली विजयी बनेको हो । योसँगै भ्याली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै भ्यालीले रु एक लाख एक हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको बनारसीले रु ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।जितका लागि ७३ रनको लक्ष्य पाएको भ्यालीले आठ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । यसमा सन्दीप विष्टले सर्वाधिक २८ रनको योगदान गरे ।

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको बनारसी १४ दशमलव तीन ओभरमा ७२ रनमा समेटियो । उसका कुनै पनि ‘ब्याटर’ले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा यही चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : २२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित