स्मार्टफोन धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या | Khabarhub Khabarhub

स्मार्टफोन धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग नै बनिसकेको छ । बालबालिकादेखि वृद्धसम्म सबैजना स्मार्टफोन चलाउँछन् । भर्खरै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको छ ।

अहिले स्मार्टफोनले हाम्रो जीवनलाई निकै सहज बनाइदिएको छ । स्मार्टफोनको प्रयोग गरी घरमै बसेर संसारको जुनसुकै ठाउँमा कुरा गर्नेदेखि पैसाको कारोबार र अध्ययन अनुसन्धान तथा टेलिभिजन र चलचित्र हेर्नसमेत मिल्छ ।

अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा हालै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोन र सामाजिक सञ्जालको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसले भावनात्मक र मनोवैज्ञानिक समस्याहरू निम्त्याउन सक्छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरूमा निरन्तर अपडेटहरूका कारण ‘फियर अफ मिसिङ आउट’ समस्या बढ्दै गएको अनुसन्धानले देखाएको छ । यसअनुसार स्मार्टफोन प्रयोगकर्ताहरु महत्वपूर्ण अपडेटको जानकारी पाउनका लागि आफ्नो फोन बारम्बार चलाउँछन् ।

यसले निद्रासम्बन्धी समस्या आउन सक्ने अनुसन्धानले देखाएको छ । स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाशले मेलाटोनिनको उत्पादनलाई रोक्ने र फलस्वरुप निद्रा चक्रमा बाधा पुर्‍याउने बताइएको छ । स्मार्टफोनको बढी प्रयोगले निद्राको गुणस्तर बिग्रिनुका साथै मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने अनुसन्धानमा उल्लेख छ ।

विज्ञहरूले सुत्नुअघि स्मार्टफोन चेक गर्ने बानी खराब रहेको भन्दै सुत्नुभन्दा करिब १ देखि २ घन्टाअघि स्मार्टफोन प्रयोग गर्न छोड्नुपर्ने बताउँछन् ।

त्यसैगरी, सामाजिक सञ्जालमा धेरै समय बिताएउने मानिसहरूले आफूलाई एकअर्कासँग तुलना गर्न रुचाउँछन् । यसले मानसिक स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ०९ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक