आज २०८१ साल चैत २९ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत २९ गते शुक्रबारको राशिफल


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २९ गते शुक्रबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। मनमा खटपटी बढ्नेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। आम्दानीका दृष्टिले विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा शुभ संकेत देखिए पनि लगानीमा विवाद हुनेछ।

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट शिक्षामा प्रगति हुनेछ। व्यापारमा अगाडि बढ्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। आम्दानीको क्षेत्रबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विश्वास गरेर अगाडि बढ्नु उचित हुनेछ।

सिंह : दैनिकी राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। परिवारसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। औषधी नियमित नगर्दा रोगले सताउने छ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : सोचेको काम बन्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

तुला : दिन सामान्य छ। श्रमको उचित मूल्य नपाएर मनमा असन्तुष्टि पैदा हुनेछ। उपलब्धिका लागि प्राविधिक क्षेत्रमा गहिरो अध्ययन गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। राज्यमा गरेको सेवाको कदर हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। निजी क्षेत्रमा भन्दा सरकारी क्षेत्रमा गरेको काम सफल बन्नेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

मकर : लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ। बन्धु र साथीभाइको साथमा काम बन्नेछ। जनताका लागि महत्त्वपूर्ण काम गर्ने अवसर मिल्नेछ। साथीसँग विवाद नगर्नु राम्रो हुनेछ।

कुम्भ : सोचेको काम नबन्ने जोखिम छ। लगानी गर्नु भन्दा नियमित कामलाई निरन्तरता दिनुपर्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्ने जोखिम छ। विपक्षी साथीले भने सहयोग गर्ने योग छ। जुनसुकै काम गर्दा पनि परिवारको सल्लाह लिनु उचित हुनेछ।

मीन : साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत छ। मनमा हर्ष बढ्नेछ। व्यापारमा मन आकर्षित हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : ०३ बजे

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म

गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल

काठमाडौं- नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण