आईपीएलः केएल राहुलको सानदार ब्याटिङमा दिल्लीको लगातार चौथो जित « Khabarhub

आईपीएलः केएल राहुलको सानदार ब्याटिङमा दिल्लीको लगातार चौथो जित

आरसिबी ६ विकेटले पराजित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ३० रनमा तीन विकेट गुमाइसकेको दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले हराएको छ। १६४ रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६९ रन जोडेको हो।

दिल्लीका लागि केएल राहुलले ९३ रन जोडे। ५३ बलको उनको पारीमा ७ चौका र ६ छक्का समावेश थियो। ५८ रन भएको समयमा चौथो विकटको रूपमा कप्तान अक्षर पटेललाई १५ रनमा गुमाएको दिल्लीका लागि राहुल र ट्रिस्टियन स्टब्सले अविजित १११ रनको साझेदारी गरे। स्टब्सले २३ बलमा ३८ रन जोडे। राहुल प्लेयर अफ द म्याच घोषित भए।

भुवनेश्वर कुमारले चार ओभरमा २६ रन खर्चेर २ विकेट लिए। दिल्लीका शीर्ष क्रमका तीन ब्याट्सम्यान दोहोरो अंक छुन असफल भएका थिए। फाफ डी प्लेसिस दुई तथा ज्याक फ्रेजर म्याक गुरुक र अभिषेक पोरेल सात रनमा आउट भएका थिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरुलाई सस्तोमा समेट्ने क्रममा स्पिनर जोडी कुलदीप यादव र विपराज नेगीले सानदार बलिङ गरे। दुवैले समान दुई विकेट लिए। यादवले चार ओभरमा १७ तथा नेगीले १८ रन मात्र खर्चिए। कप्तान पटेल भने महँगो साबित भए। उनले चार ओभरमा ५२ रन खर्चिए।


बंगलोरुका लागि प्रारम्भिक ब्याट्सम्यान फिल साल्ट र सातौँ क्रममा ब्याट्सम्यान टिम डेभिडले सबैभन्दा धेरै ३७ रन जोडे। २० रन खेल्दै अविजित रहेका उनले दुई चौका र चार छक्का प्रहार गरे। यसैगरी साल्टले विष्फोटक सुरुवात गर्दै १७ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन्। कप्तान रजत पाटिदरले २५ तथा विराट कोहलीले २२ रनको योगदान दिए।

अपराजित दिल्ली आठ अंकहित दोस्रो स्थानमा छ। चार खेलमा जित हात पारेको दिल्लीलाई ५ खेलमा चार जित हात पारेको गुजरात टाइटानले दोस्रो स्थानमा छाडेको हो। तेस्रो स्थानको आरसिबीको समान ६ अंक छ भने पन्जाब चौथो तथा लखनउ पाँचौँ स्थानमा छन्।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : १६ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने