सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर ल्याउने, बुक क्लोज कहिले ?  « Khabarhub

सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर ल्याउने, बुक क्लोज कहिले ? 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीका प्रबन्धक रन्जु लम्सालका अनुसार कम्पनीले २७ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको हो ।
 
कम्पनीले हकप्रद शेयर बिक्रीका लागि बुक क्लोजको मिति समेत तोको छ । कम्पनीले वैशाख ५ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र इन्स्योरेन्सले बिक्री गर्ने हकप्रद शेयरमा सहभागिता जनाउन पाउने छन् । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयशर बिक्री गर्न अनुमति दिइसकेको प्रबन्धक लम्सालले जानकारी दिएकी छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने लम्सालले बताइन् । 

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ०६ बजे

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार