तानसेनमा निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

तानसेनमा निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तानसेन– जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी सङ्घ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत ५५० श्रमिकको शिविरमार्फत स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गराउन पाउँदा श्रमिक उत्साहित भएका थिए । स्वास्थ्य उपचार गराउन आएका रामबहादुर गहाले भने, ‘कामको व्यस्तता र पैसा नहुँदा स्वास्थ्य जाँच गर्न अस्पताल जान नसकेका बेला निर्माणकर्मी सङ्घले शिविरमार्फत स्वास्थ्य जाँच गर्ने अवसर दिएकामा खुसी लागेको छ ।’ आफ्नो स्वास्थ्यप्रति हामी आफैँले लापरबाही गर्दै आएका रहेछौँ भन्ने महसुस भएको उनको भनाइ छ । 

उनले श्रमिकहरूको स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्ने व्यवस्था गर्न सके हामी जस्ताले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य हुनेसमेत बताए । उनी जस्तै धेरै श्रमिक स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी देखिन्थे । दैनिक श्रममा व्यस्त हुँदा श्रमिकहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र अस्पताल पुग्ने अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले शिविरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको सङ्घका अध्यक्ष सुरेश कर्माचार्यले बताए । 

उनले भने, ‘अधिकांश श्रमिक चेतनाको अभावका कारण रोग पालेर बस्ने गरेका छन्, जब जटिल अवस्था सिर्जना हुन्छ तब मात्र उनीहरु अस्पताल दौडिन्छन्, जसले गर्दा उनीहरू जोखिममा छन् भन्ने लागेर चेतनासँगै स्वास्थ्य परीक्षणको अभियान चलाएका हौँ ।’ अध्यक्ष कर्माचार्यले निर्माण क्षेत्रमा काम गर्ने धेरै जसो श्रमिकमा कुनै न कुनै समस्या रहेको बताए  । 

उनले भने, ‘अधिकांश श्रमिकमा आफूलाई उच्च रक्तचाप, मधुमेह भएको समेत थाहा छैन, तर जाँच गर्दा उक्त समस्या देखिने गरेको छ, यस्तो अवस्थाको अन्त्य गर्न हामीले सचेतनासँगै स्वास्थ्य परीक्षण गरिदिएका हौँ ।’ 

निर्माण क्षेत्रमा काम गर्ने सबै श्रमिकको घर ठाउँमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरणसँगै आवश्यक परामर्श दिने गरेको अध्यक्ष कर्माचार्यले बताए । उनले भने, ‘अब ६/६ महिनामा स्वास्थ्य परीक्षण गरिने र अहिले परीक्षण गराई औषधि सेवन गर्नेको बेला–बेलामा ‘फलोअफ’ गर्छौँ ।’

स्वास्थ्यकर्मीसहितको टोलीले ठाउँ–ठाउँमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् । उनीहरूले स्वास्थ्य जाँचपछि आवश्यक औषधि र परामर्शसमेत दिएका छन् । जाँच गर्दा अधिकांश श्रमिकमा नसर्ने रोग बढी देखिएको युनाइटेड मिसन अस्पतालका डाइबेटिज काउन्सिलर दीपक बिसीले बताए । उनका अनुसार परीक्षण गरेकामध्ये ५० प्रतिशतमा उच्च रक्तचाप र ३० प्रतिशतमा मधुमेह देखिएको छ । 

अन्य श्रमिकहरूमा ढाड दुख्ने, गोडा दुख्ने, कम्मर दुख्ने, छालासम्बन्धी समस्या देखिएको काउन्सिलर बिसीले बताए । अधिकांश श्रमिकले अल्कोहल बढी सेवन गर्नेमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी देखिएको उनको भनाइ छ । बिसीले भने, ‘हामीले जाँच गरेर आवश्यक औषधि दिने गरेका छौँ, त्यति मात्र होइन उहाँहरुलाई अल्कोहल नखान र खाएमा हुनसक्ने जोखिमका बारेमा परामर्श दिने गरेका छौँ ।’

सङ्घमा आबद्ध भएका सबै श्रमिकको घर, टोल र कार्यस्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिएको सङ्घका उपाध्यक्ष नीलकण्ठ देवकोटाले बताए । साँझ बिहानको जोहो गर्न मुस्किल पर्ने श्रमिकलाई निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिल्ने सङ्घका सचिव हुमराज बस्यालले विश्वास व्यक्त गरे ।

उनले भने, ‘धेरैलाई आफूलाई मधुमेह, उच्च रक्तचाप छ भन्नेसम्म हेक्का रहेन छ, जाँच गरेपछि मात्र उहाँले आफूहरूमा समस्या रहेको थाहा पाउनुभयो, यसले कम्तीमा पनि जोखिमबाट बच्न सतर्क  बनाउनुभयो ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ३४ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू