बेलायती सभामुखलाई भेटे नेपाली राजदूतले « Khabarhub

बेलायती सभामुखलाई भेटे नेपाली राजदूतले


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् ।

वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए । उनले नेपालको संसद् समावेशी भएको उल्लेख गर्दै नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति आभार व्यक्त गरे । 

बेलायत र नेपाल दुई देशबीच दुई शताब्दीभन्दा बढी समयदेखि आत्मीय र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वमा जोड दिए । उनले नेपाललाई बेलायतबाट निरन्तर र थप सहयोगको आवश्यकताबारे धारणा राखेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत घिमिरेले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धिको आकांक्षा पूरा गर्न र सन् २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिपछिको प्रगतिलाई दिगो बनाउन, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका थिए । 

उक्त भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावनाबारे धारणा राखेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा निरन्तर सहयोग र सहकार्य गरिरहने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : १५ बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको