सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा कोलकाताको फराकिलो जित « Khabarhub

सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा कोलकाताको फराकिलो जित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सविरुद्ध कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा कोलकाताले चेन्नईलाई आठ विकेटले हराएको हो । चेन्नईले दिएको १०३ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । कोलकाताका सुनिल नारायणले अलराण्ड प्रदर्शन गरे । उनले ब्याटिङ तर्फ सर्वाधिक ४४ रन बनाए भने महत्वपूर्ण तीन विकेट लिए । १८ बलको सामना गरेको नारायणले पाँच छक्का र दुई चौका प्रहार गरे ।

यस्तै क्वीन्टक डि ककले १६ बलमा तीन छक्कासहित २३ रन बनाए । अजिंक्य रहाणेले २० रन बनाउँदा रिङ्कु सिंहले १५ रनको योगदान दिए । चेन्नईका लागि अंशुल कम्बोज र नूर अहमदले एक एक विकेट लिए ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियाे ।

उसका लागि शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बलको समाना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रन बनाए ।

चेन्नईका २९ बल खेलेका उनले तीन चौका प्रहार गरे। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।

कोलकाताका लागि सुनिल नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १३ रन खर्चिए। त्यस्तै हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले समान एक विकेट लिए ।

जितपछि कोलकाता तेस्रो स्थानमा उक्लिएको छ । ६ खेल खेल्दा कोलकताले तीनमा जित र तीनमा हार ब्यहोरेको छ । ६ खेल नै खेलेको चेन्नई एक जितसहित अन्तिमबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १० : ४५ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२