गाजाको अवस्था भयावह बन्दै : महिला र बालबालिका निसानामा « Khabarhub

गाजाको अवस्था भयावह बन्दै : महिला र बालबालिका निसानामा


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलले गाजाका निजी घरमा आक्रमण गर्दा महिला तथा बाल बालिका धेरै निसानामा परेका छन्। संयुक्त राष्ट्र संघले दिएको जानकारी अनुसार यसरी धेरै मारिनेमा महिला तथा बालबालिका छन्।

औषधी अभावका अस्पतालमा भेटिने गरेको प्यालेस्टाइनी महिला तथा बालबालिकाको अवस्था समेत खराब भएको छ।

यसैगरी गाजाको तुफानमा रहेको घरमा इजरायली सेनाले बम प्रहार गरेको हो। इजरायलले गरेको आक्रमणमा शुक्रबार मात्र २० जनाको ज्यान गएको छ।

मार्चको मध्यदेखि इजरायलले गाजामा ३ दर्जन पटक आक्रमण गरेको छ। सो आक्रमणमा महिला तथा बालबालिका मात्र घाइते भएका छन्। रेडक्रसले अवस्था भयावह बन्दै गएको बताउँदै दुई सातामा गाजाका अस्पताल बन्द हुने अवस्थामा पुग्ने चेतावनी दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली बन्दी रिहाका लागि गाजामा युद्ध विराम अन्त्यका लागि निवेदन दिने सैनिकलाई कारबाही गर्ने चेतावनी दिए।

यमनको हाउथी समुदायले भने इजरायली सैन्य शिविरमा दुई पटक आक्रमण गरेको दाबी गरेको छ। यस विषयमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ४२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन