गाजाको अवस्था भयावह बन्दै : महिला र बालबालिका निसानामा | Khabarhub Khabarhub

गाजाको अवस्था भयावह बन्दै : महिला र बालबालिका निसानामा


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलले गाजाका निजी घरमा आक्रमण गर्दा महिला तथा बाल बालिका धेरै निसानामा परेका छन्। संयुक्त राष्ट्र संघले दिएको जानकारी अनुसार यसरी धेरै मारिनेमा महिला तथा बालबालिका छन्।

औषधी अभावका अस्पतालमा भेटिने गरेको प्यालेस्टाइनी महिला तथा बालबालिकाको अवस्था समेत खराब भएको छ।

यसैगरी गाजाको तुफानमा रहेको घरमा इजरायली सेनाले बम प्रहार गरेको हो। इजरायलले गरेको आक्रमणमा शुक्रबार मात्र २० जनाको ज्यान गएको छ।

मार्चको मध्यदेखि इजरायलले गाजामा ३ दर्जन पटक आक्रमण गरेको छ। सो आक्रमणमा महिला तथा बालबालिका मात्र घाइते भएका छन्। रेडक्रसले अवस्था भयावह बन्दै गएको बताउँदै दुई सातामा गाजाका अस्पताल बन्द हुने अवस्थामा पुग्ने चेतावनी दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली बन्दी रिहाका लागि गाजामा युद्ध विराम अन्त्यका लागि निवेदन दिने सैनिकलाई कारबाही गर्ने चेतावनी दिए।

यमनको हाउथी समुदायले भने इजरायली सैन्य शिविरमा दुई पटक आक्रमण गरेको दाबी गरेको छ। यस विषयमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ४२ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा