चारदेशीय टी–२० आई सिरिज : नेपाल र हङकङ भिड्दै « Khabarhub

चारदेशीय टी–२० आई सिरिज : नेपाल र हङकङ भिड्दै


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपालले शनिबार घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो ।

दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ दुई अङ्कसहित दोस्रो र कुवेत दुई अङ्कसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको कतार शून्य अङ्कसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : १२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा