चारदेशीय टी–२० आई सिरिज : नेपाल र हङकङ भिड्दै « Khabarhub

चारदेशीय टी–२० आई सिरिज : नेपाल र हङकङ भिड्दै


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपालले शनिबार घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो ।

दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ दुई अङ्कसहित दोस्रो र कुवेत दुई अङ्कसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको कतार शून्य अङ्कसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन