मुग्लिन–पोखरा सडक यसरी हुँदैछ विस्तार (तस्बिरहरू) « Khabarhub

मुग्लिन–पोखरा सडक यसरी हुँदैछ विस्तार (तस्बिरहरू)


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको संघीय राजधानी काठमाडौं र पर्यटनको राजधानी पोखरा जोड्ने सडक विस्तारसँगै सहज बन्दै गएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुस समेत गर्न थालेका छन् ।

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरा सडक विस्तारको कामले अहिले भने गति लिएको छ । सो सडक खण्डको २०.५ किलोमिटर सडक चार लेनको बन्दै छ भने १८.३ किलोमिटर सडक ६ लेनको बन्ने छ । त्यसै गरी यस सडक खण्डमा ४ ठूला र ८ साना गरी जम्मा १२ वटा पुल निर्माण गरिने छ ।

७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले निर्माण कार्य समयमै नसक्दा अहिलेसम्म २ पटक  म्याद थप गरिएको छ ।

पूर्वी खण्डको भौतिक प्रगति भने ८१ प्रतिशत रहेको सडक विभागले जनाएको छ । त्यसका साथै बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने गरी तीव्र रूपमा काम भइरहेको छ ।

उक्त खण्ड अन्तर्गत दमौली बजार, विमलनगर र नाहाला पुल क्षेत्र गरी करिब ५ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । 
सडक खण्ड अन्तर्गत दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा तलबाट वाल लगाएर उठाउने काम भइरहेको छ ।

यो खण्ड अन्तर्गत बन्न पर्ने १७ पुल सबै बनिसकेका छन् भने छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ ।

२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यस सडक खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ । ६ अर्ब २१ करोड ३१ लाखमा यस सडक खण्डको ठेक्का लागेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : ४२ बजे

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी