‘ग्रीन इकोनोमी’ का लागि पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : सीईओ जोशी | Khabarhub Khabarhub

‘ग्रीन इकोनोमी’ का लागि पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : सीईओ जोशी


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘ग्रीन इकोनोमी’ का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदूषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् । यसले वायु प्रदूषण हरेक वर्ष बढिरहेको छ । जसले पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ । अन्य निर्माण तथा उद्योगहरुले वायु प्रदूषणका लागि योगदान गरिरहेका छन् । तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रीन इकोनमीका लागि योगदान गरिरहेको छ ।’

नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भए पनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताए । उनले भने, ‘अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ ।’ सीईओ जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदुषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’

कार्यक्रममा पर्यटन, वातावरण क्षेत्रका विज्ञ, पत्रकार तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ४३ बजे

एक लाख पर्यटकबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

बागलुङ– बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित

काठमाडौं– नेकपा प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्।

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी