जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक « Khabarhub

जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो ।

देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ । हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो । दुई शैक्षिक सत्र अघिदेखि जुम्लामा वैशाखदेखि नै सुरु हुने गरेको छ । यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारमा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रका लागि जिल्लामा गत चैत १७ गते पाठ्यपुस्तक पुगेको छ । खड्काले भने, “कक्षा १–५ सम्मको रु एक हजार ५०० सेटको र कक्षा ६–१० सम्मको रु दुई हजार प्रतिसेटमा पाठ्यपुस्तक आइपुगेको छ, यहाँका आठ स्कुलले पाठ्यपुस्तक लिएका छन्, अझै विद्यालयबाट माग आउँदै छ, आन्दोलनका कारण शिक्षक बाहिर छन्, अहिले कमै मात्र बिक्री भइरहेको छ’’ । स्कुल खुलेपछि पाठ्यपुस्तक लिनेको सङ्ख्या बढ्ने सन्ध्या स्टेसनरीका सञ्चालक खड्काको भनाइ छ ।

यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यस्तै कनकासुन्दरीको दर्पण स्टेशनरी, सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ५६ बजे

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.