केराका बोट मर्न थालेपछि कृषक चिन्तित | Khabarhub Khabarhub

केराका बोट मर्न थालेपछि कृषक चिन्तित


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछि चिन्तित बनेका छन् ।

त्रियुगा–१५ खाँबुका वडाध्यक्ष विष्णु तिमसिनाका अनुसार खाँबु क्षेत्र नगरपालिका क्षेत्रको नै केरा पकेट क्षेत्र रहँदै आएको तर एक–दुई वर्षयतादेखि केरामा विभिन्न प्रकारका रोगका कारण बोट मर्न थालेका छन् ।

यस्तै, त्रियुगा–१४ साउनेका वडाध्यक्ष हेमराज मगरका अनुसार साउने क्षेत्रको सुनकोसी किनार क्षेत्र १ नम्बर केरा उत्पादन क्षेत्र रहँदै आए पनि हाल आएर केराका बोटमा रोग लाग्न थालेको र पसाउने गरेको केरा पनि मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका छन् ।

वडा नं १५ छामलिङका कृषक देवबहादुर मगर भन्छन्, “आफ्नो पाखाबारी घरजग्गा सबै ३० रोपनीभन्दा पनि बढी जग्गामा केराखेती नै गर्दै आएको र वार्षिक रु दुई लाखसम्मको केरा बिक्री गर्ने गरेको भए पनि हाल आएर केराका बोट नै मर्न थालेका कारण अहिले केराखेतीबाट आम्दानी हुन छाडेको छ ।”

केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको अँधेरीका कृषक नारायण पुलामी मगर बताउँछन् । दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको अँधेरीका अर्का कृषक हर्कबहादुर राईले बताए ।

वडा नं १५ का वडाध्यक्ष तिमसिना भन्छन्, “आफूले कृषि ज्ञान केन्द्रका प्राविधिकसँग पनि यस विषयमा परामर्श लिएको र केराका बोट कुहिन थालेपछि सबै केरा मासेर नयाँ बिरुवा रोप्नुपर्ने, गुभारा किराजस्ता रोगका कारण यस्तो भएको भन्ने सुझावका आधारमा गाउँका कृषकलाई पुरानो रोग लागेको केरा मासेर सो स्थानमा अब नयाँ बिरुवा लगाउन सुझाव दिएको छु ।”

कृषि ज्ञान केन्द्रका अनुसार गोभारा किरा र पहेँले रोगका कारण केराका बोट कुहिने, पहेँलो हुने र मर्ने गरेका छन् । नगरपालिकाका– १४ साउने र धाप्लाङ तथा १५ को खाँबु, अँधेरी, छामलिङलगायत सुनकोसी किनार क्षेत्र केरा पाकेट क्षेत्रका रुपमा रहँदै आएका छन् । स्थानीय कृषकका अनुसार यी क्षेत्रमा प्रायः परपम्परागत केरा नै बढी उत्पादन हुने गरेको छ । झप्री, मर्चे, मुङ्ग्रे, मालभोक, चिनियाचम्पा प्रजातिका केरा यी क्षेत्रमा उत्पादन हुने गरेको कृषक बताउँछन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  २ : ०२ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको