बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा | Khabarhub Khabarhub

बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेकोे छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले परासिजत गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको होे ।

आजको खेलकोे २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलकोे ८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे ।

आजको जितसँगै पाँच खेलबाट ११ अङ्क बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा ललितपुरले तीन खेलमा जित र दुई खेल बराबरी खेलेको हो । ललितपुर साबिक विजेता टोली हो ।

लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्नुपर्‍यो । बुटवल तालिकाकोे पुछारमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : १५ बजे

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल