मुलपानी मैदानमा यू-१९ विश्वकप एसिया छनोट : आज नेपालको भिडन्त यूएईसँग | Khabarhub Khabarhub

मुलपानी मैदानमा यू-१९ विश्वकप एसिया छनोट : आज नेपालको भिडन्त यूएईसँग


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदैछ।

आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन्। खेल माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्। यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा टोलीमा अटाएका छन्।

खेलको पूर्वसन्ध्यामा शनिबार काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिसकेको छ।

ट्रफीलाई नेपाली यू-१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा नेपालका कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताए। युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरुले पनि मैदानमा राम्रो प्रदर्शन गर्ने जिकिर गरेका छन्।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ३१ बजे

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट

पर्यटकको रोजाइमा दोलखा शैलुङ 

दोलखा- जिल्लाको सुन्दर धार्मिक तथा  पर्यटकीय स्थल शैलुङ नव वर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एक जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम

सिन्धुली अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

काठमाडौं– सिन्धुलीको सिन्धुली अस्पतालमा तीन दिने बृहत् निः शुल्क स्वास्थ्य