टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतको फाइनल भिडन्त आज « Khabarhub

टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतको फाइनल भिडन्त आज


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

फाइनल खेल हङकङको मङ कोक क्रिकेट मैदानमा आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन्। यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो।

चार अङ्क बनाएको कुवेत तेस्रो स्थानमा रहँदै नेपालसँग फाइनल प्रतिस्पर्धाका लागि तयार भएको हो। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।

दोस्रो खेलमा कुवेतले नेपाललाई दिएको १८६ रनको चुनौतीपूर्ण लक्ष्य १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

समान खेलबाट तीन अङ्क बनाएको हङकङ तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानका लागि आयोजक हङकङ र कतारले अहिले प्रतिस्पर्धा गरिरहेका छन्। कतारले टस जितेर फिल्ड रोजेपछि हङकङले ब्याटिङ सुरु गरेको हो।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : २८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ