लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै | Khabarhub Khabarhub

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।

बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो । यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको सङ्गमका रूपमा काम गर्ने गरेको बौद्ध भिक्षु विवेकानन्द पाण्डेले बताए ।

इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध)को जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दू र बौद्ध धर्मावलम्बी विशेष पूजा, ध्यान र दान–धर्मका कार्यमा समर्पित देखिन्छन् ।

मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्य हुनुका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ । मेलामा स्वास्थ्य शिविर र पिउने पानीको व्यवस्था पनि छ । बौद्ध भिक्षु धम्म सिद्धीले लुम्बिनीमा चैत्र पूर्णिमा मेलाको अनुभवलाई अत्यन्त धार्मिक, शान्त तथा प्रेरणादायक बनाउने बताए । विशेषगरी मायादेवी मन्दिर क्षेत्रमा भक्तजनको भीड देखिन्छ ।

स्थानीयले यो मन्दिरलाई समयमाई वा रूमिन्देइमाई स्थानको रूपमा पुज्ने गर्छन् । ‘विशेष भव्यता र व्यवस्थापनका साथ अहिले पाँच दिनसम्म मनाइने यो मेला पहिला १५ दिनसम्म मनाइन्थ्यो’, पर्यटन व्यवसायी हुसेनी लोधले भने ।

अभियानकर्ता मेघनाथ आचार्यका अनुसार यो मेलाले पर्यटनमा केही सुधार ल्याएको छ । यातायात र हस्तकला बिक्रीमा वृद्धि भएको छ । वैशाख पूर्णिमाका अवसरमा लुम्बिनी विकास कोषले लाखौँ खर्च गरेर मनाउने बुद्धजयन्ती तथा लुम्बिनी महोत्सवभन्दा स्वतःस्फूर्त लाग्ने यो मेलामा बढी धार्मिकता र रौनकता देखिन्छ ।

यद्यपि लुम्बिनीमा भीड व्यवस्थापन, पार्किङ समस्या, शौचालय, खानेपानीको र धुलाम्मे मेलास्थलमा परिवर्तन देखिएको छैन । तर पनि रुमिन्देइमाई र बुद्धजन्मस्थलप्रति स्थानीयको श्रद्धा र लगाव कायमै देखिन्छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार मेलास्थलमा शान्ति सुरक्षाको प्रबन्ध पर्याप्त छ ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खानले भने, ‘चैत्र पूर्णिमा महोत्सव लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउने अवसरमात्र नभई धर्मिक आस्था, सांस्कृतिक ऊर्जा र पर्यटनको समुचित मिश्रण पनि हो ।’ उनले भविष्यमा अझ प्रभावकारी व्यवस्थापन र स्मार्ट मेला प्रणाली लागू गरेर अझ सभ्य बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १० : ३६ बजे

सुरु भयो ‘ललितकला मेला

काठमाडौं- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ

खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग

पोखरा – दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन

ट्रकबाट २५ करोड बरामद प्रकरण- चालक कुशाङ र मालिक नारायणविरुद्ध मुद्दा दायर

काठमाडौं– राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा ट्रक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं :  नेपाल आयगल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

कांग्रेसमा असन्तुष्टि चुलिँदा सरकारको भविष्यमाथि उठ्न थाल्यो प्रश्न

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले