धनगढीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते | Khabarhub Khabarhub

धनगढीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते छन् । धनगढी उपमहानगरपालिका–१९ को फूलबारीमा अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

करेन्ट लागेर उनका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यसतै यता कैलालीको गोदावरीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् । गोदावरी नगरपालिका–६ को चौधरी टोल बस्ने २७ वर्षीय अनिलबहादुर चौधरीले शनिबार आफ्नै टिनले छाएको एक तले घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्न जलेर नष्ट भएर साढे २ लाखको क्षति भएको छ । प्रहरीकाअनुसार घरमा आगो लगाउने चौधरीलाई नियन्त्रणमा लिए पनि उनको मानसिक सन्तुलन बिग्रिएको पाइएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : २८ बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै