संसदीय समितिले मंगलबारदेखि सागको खेलस्थल निरीक्षण गर्ने | Khabarhub Khabarhub

संसदीय समितिले मंगलबारदेखि सागको खेलस्थल निरीक्षण गर्ने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसदीय समितिले मंगलबारदेखि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का खेल आयोजना स्थलको निरीक्षण गर्ने भएको छ ।

संसदीय समितिका सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा संसदीय टोलीले खेल आयोजना स्थलको निरीक्षण गर्न लागेको हो ।

मंगलबार दिउँसो १२ बजेदेखि श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय समितिले साग उद्घाटन स्थल दशरथ रंगशालाबाट निरीक्षण शुरु गर्ने छ ।निरीक्षण समितिको संयोजकमा श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा एकबाल मियाँ, जमेन्द्र महत, नमिता चौधरी र नारायण मरासिनी छन् ।

समितिले सागका खेलस्थलको निरीक्षण गरेर खेलस्थलको निर्माण कार्य, तयारीलगायतमा भएको प्रगतिको अवस्था बुझेर रिपोर्ट तयार पार्नेछ । उक्त रिपोर्ट मूल आयोजक समितिलाई बुझाउनेछ ।

साग आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने गरि मिति तय भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ०५ बजे

आज २०८२ साल साउन ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको