पर्यटक दौडमा १८ देशका ५५ सहभागी « Khabarhub

पर्यटक दौडमा १८ देशका ५५ सहभागी


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा जारी २० औँ फेवा नव वर्ष महोत्सव २०८२ को दोस्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लन्डनबाट आएका साम प्रथम भएका छन् । युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे ।

महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हासिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउन्ड एड्भेञ्चरबाट प्रदान गरिने बञ्जी सुविधा पाएका छन् । मायाको चिनो, प्रमाणपत्र, सिइङ हेन्ड्स ब्लाइन्ड मसाज क्लिनिकबाट मसाज सेवा र ब्यञ्जन रेन्टुरेन्टबाट खाना पनि उनीहरूले पाएका छन् । 

द्वितीय हुनेले हाइग्राउन्डबाट प्रदान गरिने एटिभी सेवा प्राप्त गरे । एटिभी चार पांग्रे विशेष खालको सवारीमा गरिने साहसिक यात्रा हो । यसैगरी सिइङ हेन्डबाट ५० प्रतिशत शुल्क छुटसहितको मसाज र ब्यञ्जनमा खाना सुविधा पनि उनीहरूले पाउने छन् । 

तृतीय हुनेले हाइग्राउन्डबाट जिपलाइन सेवा, सिइङ हेन्डबाट २५ प्रतिशत शुल्क छुटसहितको मसाज सेवा र व्यञ्जनमा खाना पनि पाउने छन् । सान्त्वना स्थान प्राप्त गर्नेले हाइग्राउन्डबाट स्वीङ सेवा लिने छन् । निःशुल्क टिसट, अन्नपूर्ण केवल कार र सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज सेवा सहभागीले पाएका छन् ।

खहरे र अम्बोटबीचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिँदै प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । 

महोत्सव अन्तर्गत शनिबारको तालिकामा संस्थागत ब्याडमिन्टन प्रतियोगिता, दोहोरी गीतका कार्यक्रम, लाइभ ब्यान्ड, नृत्य, डिजे तथा विविध सांस्कृतिक कार्यक्रम रहेका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : १८ बजे

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन