मातातीर्थ ब्रेकर प्यानलमा आगलागी, वैकल्पिक व्यवस्थाबाट बिजुली | Khabarhub Khabarhub

मातातीर्थ ब्रेकर प्यानलमा आगलागी, वैकल्पिक व्यवस्थाबाट बिजुली


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सवस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ ।

नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनअन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो अचानक आगलागी भएपछि विद्युत् अवरुद्ध भएको थियो ।

उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रभावित भएका अधिकांश क्षेत्रमा आइतबारदेखि विद्युत् आपूर्ति पुनःसञ्चालन गरिसकेको जानकारी दिए ।

बूढानीलकण्ठ र चपली सवस्टेसनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए । उनले तत्कालका लागि स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालन ल्याइएको जानकारी दिए ।

भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने प्राधिकरणले जनाएको छ । ‘ब्रेकर प्यानलको स्वीच सञ्चालन गर्ने क्रममा स्पार्क भई आगलागी भएको हो, जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्नेछ’, कार्यकारी निर्देशक शाक्यले भने ।

उक्त घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता माथि पनि प्रश्न उठाएको छ । भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको पाइएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदीन आवश्यक प्राविधिक सुधार र जोखिम मूल्यांकनका उपायहरू अपनाइनुपर्ने देखिन्छ ।

कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई भविष्यमा यस्ता समस्या पुनः नदोहोरिÞने गरी आवश्यक कदम चालिने बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ५१ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र