‘पूर्वराजाले तीनकुने घटनालाई जागरणसभा भन्नु आपत्तिको विषय’ « Khabarhub

‘पूर्वराजाले तीनकुने घटनालाई जागरणसभा भन्नु आपत्तिको विषय’


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सचिवालय बैठक सकिएको छ । बैठकमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गर्ने निर्णय भएको बताइएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको जारी सन्देशमा अभिव्यक्त भएको विषयमा छलफल भएको छ । शाहले तीनकुने घटनालाई राजतन्त्र फर्काउने सभालाई जागरण भन्नु आपत्तिको विषय भएको एमाले बैठकले निष्कर्ष निकालेको छ ।

बैठकबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘पूर्व राजालाई गणतन्त्रका उपलब्धिलाई पछाडि फर्काउन सकिएला कि भन्ने आस रहेछ यो आस नगर्न अनुरोध गछौं ।’

यस्तै ज्ञवालीले तीनकुने घटनालाई पूर्व राजाले जागरणको रूपमा लिनु गैरजिम्मेवार कुरा भएको बताए ।

‘हिजोमात्र पूर्वराजाको अभिव्यक्ति सुनेका छौँ । उहाँले उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने कुरा जीवित राख्नुभयो । त्यो गलत कुरा हो । ज्ञवालीले भने, ‘जुन अपराधिक घटना घट्यो त्यसलाई जागरण भन्नुभयो । त्यो जागरण हो भने धेरै आपत्ति कुरा हो । मुलुकले लोकतान्त्रिक कोर्स लिएको छ । यसलाई एमालेले र लोकतन्त्रवादी पार्टीले स्वीकार गर्दैन । उहाँले घटनाको जिम्मेवारी लिनुभएन । यसको जवाफ खै ? उहाँको अभिव्यक्तिमा अझै अहम रहेछ ।’

ज्ञवालीले पूर्वराजा शाहले आफूले छानेका पात्र गलत हुँदा तीनकुने घटनामा समस्या भएको स्वीकार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ४१ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही