तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै | Khabarhub Khabarhub

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा मंगलबार जुडशीतल मनाइँदैछ ।

विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।

वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौँ, मकै, कागुनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खोरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ ।

बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ  । त्यसैगरी गुणकारी सजिओनको तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा सुपाच्य र शरीरलाई स्वस्थ्य राख्ने चनाको सातु, दाल, सजिओनको तरकारी, चनाको पीठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा चलेको मैथिल लोकसंस्कृतिका ज्ञाता पूर्वप्रशासक तथा साहित्यकार जलेश्वरको बखरी बस्तीका बासिन्दा ८७ वर्षीय महेश्वर रायले बताए ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू आज मध्याह्न साथीसङ्गीबीच धुलो, माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको मुख्य सन्देश रहेको बलवा–१० धमौराका ७० वर्षीय कामेश्वर झाले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ४२ बजे

सशस्त्रका ११ डीआईजीको सरूवा, ६ वटा प्रदेशका प्रमुख पनि फेरिए

काठमाडौं- सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी) हरूको

भारतबाट उत्पन्न हुने कुनै पनि खतराप्रति कडा प्रतिक्रिया दिइनेछ : पाकिस्तान

एजेन्सी– भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही

काठमाडौं- ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१

बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा, मदिरा नष्ट 

रौतहट– जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरूले विभिन्न स्थानमा अवैध

रघुजी पन्तलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- गुणस्तरीय शिक्षाका लागि यात्रा जारी छ

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट सोमबार राजीनामा दिएकी विद्या