जात्राले सिन्दूरमय भक्तपुर (तस्बिरहरू) « Khabarhub

जात्राले सिन्दूरमय भक्तपुर (तस्बिरहरू)


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुरथिमीमा मङ्गलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्द्रपूर्ण रुपमा सिन्दूर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : १५ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल