सरकारले नसुनेपछि लघुवित्त पीडितले भने- अझै कडा आन्दोलन गरेर घुँडा टेकाउँछौँ  « Khabarhub

सरकारले नसुनेपछि लघुवित्त पीडितले भने- अझै कडा आन्दोलन गरेर घुँडा टेकाउँछौँ 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वित्तिय पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरूले कमजोरीको रुपमा नलिन चेतावनी दिए । उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइमा पनि शासकहरू घुँडा टेक्न बाध्य जिकिर गरे ।

त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटकपटक भएका सम्झौताहरूलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायिक कार्य भएको बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

उनले बैशाख ४ गते सम्पूर्ण पीडितहरू सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने जानकारी दिए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : १२ बजे

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल