ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च « Khabarhub

ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पुर्‍याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत कैलाी र कञ्चनपुरका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ ।

पाँच वर्षअघि कैलाली र कञ्चनपुरलाई लक्षित गरी शुरु गरिएको कार्यक्रम अन्तर्गत सडक निर्माण, सडक स्तरोन्नति र पुल निर्माण गरिएका छन् ।

सो कार्यक्रमअन्तर्गत कञ्चनपुरमा स्तरोन्नतितर्फ ६ वटा सडक र दोधारा चादँनीको मलेरिया नालामा पक्की पुल निर्माण गरिएको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमका इञ्जिनियर प्रदीपराज पन्तले जानकारी दिए ।

“हामीले स्तरोन्नति, पुलनिर्माण, नियमितमर्मत र आवधिक मर्मतलगायतका शीर्षकमा काम गर्‍यौँ”, इञ्जिनियर पन्तले भने, “कार्यक्रम सकिन करीब तीन महिना मात्रै बाँकी छ ।”

सो कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा गरी करीब रु ४४ करोड ५० लाख रकम खर्च भएको इञ्जिनियर पन्तले जानकारी दिए । उनले सडक पूर्वाधारको निर्माणले स्थानीयवासीलाई आवागमनमा सहजता मिलेको बताए ।

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत मलेरिया नालामा रु दुई करोड ५१ लाखमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ०४ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग