एएफसी यू-१६ मा नेपाल र कुबेतको बराबरी « Khabarhub

एएफसी यू-१६ मा नेपाल र कुबेतको बराबरी


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी एएफसी यू-१६ च्याम्पियनसीपमा बलियो मानिएको कुबेतसँग नेपालले बराबरी खेलेको छ ।

जोर्डनमा सोमबार राति भएको खेल नेपालले कुबेतसँग १-१ को बराबरी खेलेको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले पनि एक जावाफी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको ७४ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ०-७ ले पराजित भएको थियो ।

कुवेतले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । यस्तै अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : ४६ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज