ललितकला मेला सुरु (तस्बिरहरू) « Khabarhub

ललितकला मेला सुरु (तस्बिरहरू)


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘ललितकला मेला–२०८२’ आयोजना गरिएको छ ।
कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला आयोजना गरेको हो । 

मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । मेलाले कलालाई आर्थिक, पर्यटकीय तथा सामाजिक रूपान्तरणसँग जोड्न मद्दत पुग्ने प्रतिष्ठानले जनाएको छ ।

मेलामा कलाका विषयमा कार्यशाला, गोष्ठी तथा अन्तरक्रिया समेत आयोजना भइरहेको छ । मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि यस मेला गरिएको प्रतिष्ठानले जनाएको छ । पैँतालीसभन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्नेछ । 

तस्बिरहरू :

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : ५९ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल