भारतीय प्रधानमन्त्री मोदीले आज ६९ औं जन्मदिन मनाउँदै « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले आज ६९ औं जन्मदिन मनाउँदै


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) ६९ औं जन्मदिन मनाउँदैछन् ।

जन्मदिनको कार्यक्रम मोदीले नर्मदा जिल्लामा मनाउने निर्णय गरेका छन् । त्यसका लागि उनी सोमबार राति नै गुजरात पुगिसेका छन् ।

जन्मदिनको दिन उनले बिहानै आफ्नी आमा हीराबेनलाई भेटेर आर्शिवाद लिएका छन् । त्यसपछि उनले नर्मदा नदीको सरदार सरोवर बाँधमा आयोजित विशेष पूजामा सहभागी हुनेछन् ।

यो बाँधको प्रधानमन्त्री मोदीले २०१७ को १७ सेप्टेम्बर अर्थात २ वर्षअघिको जन्मदिनका अवसरमा उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री जन्मदिन मनाउन सरदार सरोवर बाँध आउने भएपछि बेलुकैदेखि बाधँमा विजुली बालेर झिलिमिलि पारिएको थियो ।

मोदीको जन्मदिनको शुभकामना दिँदै गुजरातका मुख्यमन्त्री विजय रुपाणीले ट्वीट गर्दै उनलाई जन्मदिनको शुभकामनासहित भनेका छन्, ‘हाम्रा प्रिय प्रधानमनत्री नरेन्द्र मोदीजीको जन्मदिन केवाडियामा मनाउँनेछौं । उहाँको जन्मदिनको अवसरमा नमामि देवी नर्मदा महोत्सव हुनेछ ।’

त्यसपछि उनले केवाडियामा आयोजित एक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ४३ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा