चितवनमा साउनयता २९ जना कैदीले लिए सुविधा « Khabarhub

चितवनमा साउनयता २९ जना कैदीले लिए सुविधा

३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट

519
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद सजाय पाएर कैद भुक्तान गरिरहेका २९ जनाले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ११५ को सुविधा लिएका छन् । उनीहरूले सो सुविधाका लागि अदालतले तोकेको कैद सजायअनुसार दैनिक रू तीन सयका दरले रकम जम्मा गरेर कैद भूक्तानी सुविधा लिएका हुन् ।

सो कार्यविधिमा एक वर्ष वा सोभन्दा कम कैद तोकिएका कैदीले कैद बापतको रकम एकमुष्ट जम्मा गरेर सुबिधा लिन पाउने व्यवस्था छ । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षको असोजमा एक जना, मङ्सिरमा एक जना, माघमा १० जना, फागुनमा १० जना र चैतमा सात जनाले यो सुविधिाको प्रयोग गरेका छन् । उनका अनुसार कोभिड–१९ को समयमा यो सुविधा लिएको भए पनि पछिल्ला दिनमा खासै यो सुविधा लिएका थिएनन् ।

यसवर्ष यो सुविधा लिनेको सङ्ख्या बढेको हो । उनले भने, “अघिल्ला वर्षमा यो सुविधा लिनेको सङ्ख्या न्यून थियो ।” यो सुविधाका लागि कसुरदारको उमेर, कसुर गरेको तरिका, आचरण समेतलाई बिचार गरी कारागारमा राख्नु उपयुक्त नदेखिएमा वा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा नदेखिएमा यो सुविधा दिइने गरेको छ । यो सुविधाका लागि कसुरदारले कुनै पनि प्रकारको कसुर नगरी राम्रो आचारण पालना गर्ने छु भनि कागज गर्नुपर्नेछ ।

यसरी सुबिधा लिएर छुटेका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कसुर गरेमा निजलाई पहिले भएको फैसला बमोजिमको कैदसमेत थपी सजाय कार्यान्वयन गरिने उनले भने । कारागारमा अहिले सात सय १० जना कैदीबन्दी रहेका छन् । जसमा ६ सय ६७ जना पुरूष र ४३ जना महिला छन् । यस कारागारको क्षमता दुई सय ५५ जना पुरूष र २५ जना महिलाको हो ।चितवन – जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद सजाय पाएर कैद भुक्तान गरिरहेका २९ जनाले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ११५ को सुविधा लिएका छन् । उनीहरूले सो सुविधाका लागि अदालतले तोकेको कैद सजायअनुसार दैनिक रू तीन सयका दरले रकम जम्मा गरेर कैद भूक्तानी सुविधा लिएका हुन् ।

सो कार्यविधिमा एक वर्ष वा सोभन्दा कम कैद तोकिएका कैदीले कैद बापतको रकम एकमुष्ट जम्मा गरेर सुबिधा लिन पाउने व्यवस्था छ । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षको असोजमा एक जना, मङ्सिरमा एक जना, माघमा १० जना, फागुनमा १० जना र चैतमा सात जनाले यो सुविधिाको प्रयोग गरेका छन् । उनका अनुसार कोभिड–१९ को समयमा यो सुविधा लिएको भए पनि पछिल्ला दिनमा खासै यो सुविधा लिएका थिएनन् ।

यसवर्ष यो सुविधा लिनेको सङ्ख्या बढेको हो । उनले भने, “अघिल्ला वर्षमा यो सुविधा लिनेको सङ्ख्या न्यून थियो ।” यो सुविधाका लागि कसुरदारको उमेर, कसुर गरेको तरिका, आचरण समेतलाई बिचार गरी कारागारमा राख्नु उपयुक्त नदेखिएमा वा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा नदेखिएमा यो सुविधा दिइने गरेको छ । यो सुविधाका लागि कसुरदारले कुनै पनि प्रकारको कसुर नगरी राम्रो आचारण पालना गर्ने छु भनि कागज गर्नुपर्नेछ ।

यसरी सुबिधा लिएर छुटेका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कसुर गरेमा निजलाई पहिले भएको फैसला बमोजिमको कैदसमेत थपी सजाय कार्यान्वयन गरिने उनले भने । कारागारमा अहिले सात सय १० जना कैदीबन्दी रहेका छन् । जसमा ६ सय ६७ जना पुरूष र ४३ जना महिला छन् । यस कारागारको क्षमता दुई सय ५५ जना पुरूष र २५ जना महिलाको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ४८ बजे

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका