आईपीएलः सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा « Khabarhub

आईपीएलः सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार रातिको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले बुधबार आईपीएल यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको हो। १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो। मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानका सिम्रन हटमायरले दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा उनले १ रन जोडेका थिए। त्यसपछि रियान परागले नोबलमा चौका प्रहार गरे। त्यसपछिको बलमा पराग रन आउट भए। अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने प्रयासमा आउट हुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्य दिएको थियो।

दिल्लीको सुपर ओभरको जवाफी ब्याटिङमा राजस्थानका सन्दीप शर्माले बलिङ गरे। सुपर ओभरको सुरुवात गरेका दिल्लीका लोकेश राहुलले पहिलो बलमा २, दोस्रोमा चार तथा तेस्रो बलमा १ रन जोडे। त्यसपछि ट्रिस्टीयन स्टब्सले छक्का प्रहार गर्दै जित निश्चित गरे।

यसअघि १८९ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि यसस्वी जयसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। कप्तान सामसनले १९ बलमा ३१ रन प्रहार गरेपछि रिटायर्ड भए। त्यसपछि राजस्थानको रनको गति रोकिएको थियो। जयसवालले ३७ बलमा ५१ तथा नितिस रानाले २८ बलमा ५१ रन जोडे। ध्रुव जुरेलले रन आउट हुनु अघि १७ बलमा २६ रन जोडे।

यसअघि टस हारेर टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १८८ रन जोडेको थियो। दिल्लीका लागि अभिषेक पोरलेले ४९ रन प्रहार गरे। सुरुमा धिमा गतिमा खेलेको दिल्लीका लागि उत्कृष्ट फिनिसिङ गर्ने क्रममा कप्तान अक्षर पटेलले १४ बलमा ३४ रन जोडे। बलिङमा समेत उनले तीन ओभरमा २३ रन खर्चेर एक विकेट लिए। जितपछि दिल्ली १० अङ्क लिएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो जितसँगै दिल्ली प्ले अफको नजिक पुगेको हो।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : १२ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२