एक वर्षपछि जलविद्युतको पहिलो आईपीओ शुक्रबारबाट आउने  « Khabarhub

एक वर्षपछि जलविद्युतको पहिलो आईपीओ शुक्रबारबाट आउने 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षपछि जलविद्युत कम्पनीको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । २०८१ सालमा कुनै पनि जलविद्युत कम्पनीको आईपीओ निष्कासन नभएकोमा २०८१ को वैशाखमा सान्भि इनर्जी लिमिटेडले शुक्रबारबाट आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ४७.०७ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासनको अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका–१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि आईपीओ खुल्ने छ ।

आयोजना प्रभावितका लागि शुक्रबार देखि जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् । 

कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता शेयर सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने भएको छ । 

सर्वसाधारणलाई जारी गर्ने शेयर मध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० प्रतिशत अर्थात् २ लाख ९१ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । उक्त शेयर शुक्रबार (वैशाख ४ गते) देखि वैशाख १५ गतेसम्म आवेदन दिन सकिने छ । 

आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बाँडफाँड गरिसकेपछि कम्पनीले अनि सर्वसाधारणको लागि बिक्री खुल्ला गर्ने भएको छ । 

हाल कम्पनीको जारी पुँजी ८८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बिक्री प्रबन्धक र धितो पत्र निष्कासन नेपाल एसबीआई मर्चेण्ड बैंकले गर्ने छ । 

कम्पनीले इलामको जोगमाई खोला साना जलविद्युत आयोजना ७.६ मेगावाट र जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेगावाट जडित क्षमताका दुवै आयोजनाहरू निर्माणाधीन हरको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २९ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन