गाजामा इजरायली हमला, २५ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली हमला, २५ जनाको मृत्यु


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले बिहिबार  विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका  शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको बताएका छन् ।

‘खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरूमा  इजरायली मिसाइल प्रहार हुँदा अधिकांश महिला र बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएको प्रवक्ता बासलले बताए । 
 
उनका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी  आठ जनाको ज्यान गएको् र अन्य घाइते भएका छन् । 

उत्तरी सहर बेत लाहिया स्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बाबु र बच्चाको मृत्यु भएको बासलले बताएका छन् । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  २ : २२ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले