मार्भलको फिल्ममा फेरि देखिँदैछन् ‘आइरन म्यान’ « Khabarhub

मार्भलको फिल्ममा फेरि देखिँदैछन् ‘आइरन म्यान’


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – ‘एभेन्जर्स इन्डगेम’ मा लिएर दर्शक सबैभन्दा धेरै दुःखी हुनुुको कारण आइरन म्यानको मृत्यु हुनु थियो । दर्शकलाई किन पनि दुःख लागेको थियो भने आइरन म्यानलाई अब पर्दामा देख्न पाइने छैन । रोबर्ट डाउनी जुनियरले फिल्ममा आइरन म्यानको भूमिका निभाएका थिए ।

एक खबरका अनुसार रोबर्टलाई आइरन म्यानका रुपमा अझै एउटा फिल्ममा देख्न पाइने सम्भावना छ । मार्भलको आउँदो फिल्म ‘ब्ल्याक विडो’ मा आइरन म्यानको भूमिका समेत हुनेछ । र, उक्त भूमिका रोबर्टले नै प्ले गर्नेछन् । यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । तर, यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

‘ब्ल्याक विडो’ मार्भस सिनेम्याटिक युनिभर्सको २४ औँ फिल्म हुनेछ । यसको कहानी मार्भलको महिला क्यारेक्टर ब्ल्याक विडोको जिन्दगीमा आधारित हुनेछ । यसमा ‘क्याप्टेन अमेरिकाः सिभिल वार’ पछिको कहानी समेटिनेछ । फिल्ममा यो भूमिका स्कार्लेट जोहेनसनले निभाउनेछिन् ।

‘एभेन्जर्सः इन्डगेम’ मा आइरन म्यानको मात्र मृत्यु भएको थिएन । ब्ल्याक विडोको पनि मृत्यु भएको देखाइएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : १० बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका