जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर « Khabarhub

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत वर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो । 

सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्यांक संकलन गरिएयताको उच्चतम् स्तरमा रहेको छ। संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्ष अघिको तुलनामा ४.७ प्रतिशतले वृद्धि भई ११४.१६ ट्रिलियन येन पुगेको अर्थ मन्त्रालयले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

जापानले चीनसँग ७.०५ ट्रिलियन येनको व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले बढी हो । जापानको चीनतर्फ निर्यात ३.४ प्रतिशतले वृद्धि भई १८.८९ ट्रिलियन येन पुगेको छ भने आयात ७.१ प्रतिशतले बढेर २५.९४ ट्रिलियन येन पुगेको छ ।

संयुक्त राज्य अमेरिकासँग जापानको व्यापार अधिशेष १.३ प्रतिशतले घटेर ९.०१ ट्रिलियन येनमा झरेको छ। यो अघिल्लो वर्षको तुलनामा निर्यात ३.८ प्रतिशतले वृद्धि भई २१.६५ ट्रिलियन येन पुगेको छ र यसबाट आयात पनि ७.७ प्रतिशतले बढेर १२.६४ ट्रिलियन येन पुगेको छ।

युरोपेली सङ्घसँगको व्यापारमा जापान लगातार १३ औं वर्ष घाटामा रह्यो । गत वर्ष जापानको इयूसँगको घाटा २.५३ ट्रिलियन येन रहेको बताइएको छ । 
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : ३१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार